अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त | Khabarhub Khabarhub

अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् ।

उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा ४७ सिनेटरले उनको विपक्षमा मतदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश रिपब्लिकन सिनेटरले उनको विपक्षमा मतदान गरेपनि मेइन राज्यको प्रतिनिधित्व गर्ने सिनेटर सुजन कोलिन्स, अलास्का राज्यकी रिपब्लिकन सिनेटर लिसा मुर्कोवोस्कीउटा राज्यका सिनेटर मिट रोम्नीले उनको पक्षमा मत दिएको न्यू योर्क टाइम्सले जनाएको छ ।

यससँगै ५१ वर्षीया ज्याक्सन सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला मात्रै नभएर समग्रमा तेश्रो अश्वेत अमेरिकी बन्न पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : २९ बजे

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी