सर्लाहीकै कान्छो उम्मेदवारमा युवा नेता घिमिरेको उम्मेदवारी « Khabarhub

सर्लाहीकै कान्छो उम्मेदवारमा युवा नेता घिमिरेको उम्मेदवारी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका -५ को वडा अध्यक्षका लागि नेकपा एमालेका युवा नेता मन्दिप राज घिमिरे चुनाव लड्न तयार भएका छन् । ईश्वरपुर- ५ दस्बिगा निवासी घिमिरेले ईश्वरपुर नगरपालिका-५ को वडा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका घिमिरे राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ ।

विगत लामोसमयदेखि अनवरत रुपमा युवा विद्यार्थी, महिला, मजदूर, किसान, दलित लगायतका पीडित, उत्पीड़ित वर्ग र समुदायको हक अधिकारका लागि शसक्त रुपमा आवाज उठाउदै आइरहेका छन्।

“पारदर्शी एवं जन उत्तरदायी सरकार ! सुशासन एवं समुन्नतिको मुल आधार !!” संगसंगै “बदलाव र विकासको मुल आधार ! कुशल नेतृत्व एवं मजबुत सरकार !!” जस्ता आफ्नो प्रमुख नाराहरुलाई व्यवहारतः आम जनताले देख्न, बुझ्न र महशूस गर्न सक्ने ढंगबाट लागू गरी “समृद्ध ईश्वरपुर नगर र सुखी ईश्वरपुर नगरवासी” निर्माण मार्फत ईश्वरपुर पहिलो मजबुत आधार तयार पार्ने दृढ संकल्पका साथ उनी चुनावी मैदानमा आइरहेको घिमिरे बताउँछन्।

घिमिरे स्थानीय जनताका बीच उनी निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी भन्छन्, ‘मेरो मूल चाहना अध्यक्ष बनेर मुलुक र समाजलाई सही मार्ग दर्शन एवं नेतृत्व प्रदान गरी देश र जनताको सेवा गर्नु नै हो। जसले गर्दा पार्टीले पनि मेरो नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गरी ईश्वरपुर -५ को आम नगरवासी जनताको सेवा गर्न मलाई सर्व सहमत रुपमा टिकट दिन्छ, भन्ने विश्वास छ।’

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै