पाइलट विवेक खड्का छायांकनको लागि मुम्बईमा « Khabarhub

पाइलट विवेक खड्का छायांकनको लागि मुम्बईमा


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को अन्तिम सेड्युलको छायांकन अहिले भारतमा भइरहेको छ ।

नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्मले नेपालको पर्यटनमा टेवा पुर्‍याउने विश्वास छ ।

बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकन का लागि नेपालमा दुई साता रहेता पनि फिल्मका अर्का लिड कलाकार अमिताभ बच्चन भने नेपाल आएनन् ।

स्वास्थ्यको कारण देखाउंदै अमिताभलाई उनका डाक्टरले हिमाली भेगमा छायांकन गर्न दिएनन् । फलत: उनको बडी डबल गरियो । तर , यतिबेला बाँकी छायांकन अमिताभले मुम्बईस्थित एक स्टुडियोमा गरिरहेका छन् ।

फिल्मको एक दृश्यमा अमिताभ सहितको टिमलाई हिमाली भेगमा उडान गर्ने पाइलट विवेक खड्कालाई छायांकनको लागि मुम्बई बोलाइएको छ । उनले अमिताभसँग निर्माण कम्पनी राजश्री फिल्म्सको स्टुडियोमा पुगेर मुम्बईमै सुटिङ गरेका छन् । उनको दुई दिन त्यहाँ छायांकन भएको र पाइलटकै भूमिका फिल्ममा रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : २४ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित