नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित « Khabarhub

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएकोलगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो ।

अधिकारीलाई शुक्रबार निलम्बन पत्र दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको एक मन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरेका छन् ।

यसैबीच, अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ । समितिलाई छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी निलम ढुंगानालाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर