औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन « Khabarhub

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – श्रीपुर र कबिलासपूरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान होस् एक वर्ष अघिसम्म निक्कै कठिन थियो ।

अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जान परेमा जंघाहा खोलामा हेलिनै पर्ने हुन्थ्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाएको उनीहरूसँग नमिठो विगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माण भएयता औरहीवासी निकै खुसी भएका छन् ।

Avatar

औपचारिक रुपमा पुल सञ्चालनमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

कबिलासपूरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’

वडा नम्बर ४ को कबिलासपूर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुल हुँदा सहज भएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पुर्‍याउन र एक गाउँबाट अर्को गाउँ जान सहज भएको उनीहरू बताउँछन् ।

Avatar

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यालय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्य चौकीको पनि उद्घाटन गरेका छन् ।

करिब एक सय ९५ मिटर लम्बाइको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन वर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कबिलासपुरका साना नानीहरूलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कबिलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यमिक विद्यालय छ । यस विद्यालयमा उक्त गाउँका करिब पाँच सय विद्यार्थी पढ्छन् ।

गाउँमा उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्‍याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

पहिलेको तुलनामा व्यवसायिक खेती गर्नेको संख्या बढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : १० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच