सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात « Khabarhub

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ ।

बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भूरचौरमा रहेको भूरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ ।

Avatar

भूरचौर सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकबाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए ।

Avatar

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा दुवै आयोजना निर्माणका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुवात गरेका थिए । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने निष्कर्ष निकालेको छ ।

भूरचौर सिँचाइ आयोजनाबारे विस्तृत अध्ययन जारी रहेको बताइएको छ । हिजो मात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा दुवै आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए ।

Avatar

वर्षेनी नयाँ –नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा ठूला योजना अलपत्र परेको भन्दै पुराना आयोजना सकेर मात्र नयाँमा जानुपर्ने अन्तरक्रिया कार्यक्रममा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुवादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।

कर्णालीको रिपोर्ट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भूलासले प्रशंसासमेत गरेकी थिइन् ।

नायकबाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुई वटा वडाको भारी जमिनमा सिञ्चित हुने छन् । वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।

अहिले आकासे पानीको भरमा नायकबाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकासे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै रहेको छ ।

लगानी धेरै लग्ने भएपछि आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ ।

उता भूरचौर तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिफ्टमार्फत पानी तानेर समस्या हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । बृहत् आयोजना भएकाले सानोतिनो लगानीले दुवै आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ५४ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४