बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु « Khabarhub

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतका प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको होड शुरु भएको छ ।

सत्तारुढ दलको संसदीय नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले मेको भूमिका अब कामचलाउन प्रधानमन्त्रीमा मात्र सिमित हुने जनाइएको छ । मेको ठाउँमा आगामी महिनाको अन्त्यसम्म कन्जरभेटिभ पार्टी अर्को संसदीय दलको नेता चयन गर्ने छ ।

आगामी प्रधानमन्त्री बन्ने होडमा कन्जरभेटिभ पार्टीका ११ नेता छन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे मेले ल्याएको प्रस्ताव पटक-पटकसम्म असफल भएपछि उनले राजीनामा दिने यसअघि नै घोषणा गरिसकेकी थिइन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ११ : ०१ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको