चीनको राजनीतिक नेतृत्व तहमा महिला सहभागिता न्यून « Khabarhub

चीनको राजनीतिक नेतृत्व तहमा महिला सहभागिता न्यून


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगले प्रतिवेदन सार्वजनिक गर्दै चीनको शीर्ष राजनीतिक स्थानमा महिलाको प्रतिनिधित्व सीमित रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघको सन् २०२१ को तथ्यांक अनुसार चीनमा महिलाको संख्या १० करोड ३८ लाख छ भने पुरुषको संख्या ७४ करोड ४ लाख छ । यसअनुसार चीनमा महिलाको संख्या कूल जनसंख्याको ४८ प्रतिशत छ ।

तर, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा भने केबल ३० प्रतिशत मात्र महिला सदस्यता रहेको जनाइएको छ । त्यसमाथि चीनको राजनीतिक नेतृत्व तहमा भने केबल ८ प्रतिशत मात्रै महिला सहभागिता रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व तहमा मात्रै नभएर अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि महिलाको पहुँच र प्रतिनिधित्व कम रहेको उक्त रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार हाल ३१ चिनियाँहरुले विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुको नेतृत्व गरिरहेका छन्, जसमध्ये केबल ४ जना महिला छन् ।

(एएनआईबाट)

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ०१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये