बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे « Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् ।

उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र पानीजहाजमा मार हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने बाचा गरेको १० डाउनिङ स्ट्रिटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै जोनसनले युक्रेनलाई ७७ करोड पाउण्ड सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

उनको भ्रमण अन्तिम समयसम्म गोप्य राखिएको थियो । लण्डनस्थित युक्रेनी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जोनसन र जेलेन्स्कीले सँगै खिचाएको तस्वीर राखेपछि मात्र उनी युक्रेन पुगेको खुलासा भएको थियो ।

‘युक्रेनी जनताप्रति ऐक्यबद्धता दर्शाउनका लागि राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रुपमै भेट्न प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्नुभएको छ ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री जोनसनले विज्ञप्ति जारी गर्दै युद्धको समयमा युक्रेनी राष्ट्रपतिको अटल नेतृत्व र युक्रेनी जनताको साहसको प्रशंसा गरेको बताएका छन् । त्यस्तै, युक्रेनलाई सहयोग गर्न संयुक्त अधिराज्य बेलायत सधैँ तयार रहेको समेत जोनसनको भनाइ छ ।

त्यस्तै, जेलेन्स्कीले बेलायतको ‘निर्णायक एवम् महत्वपूर्ण समर्थन’ को स्वागत गर्दै पश्चिमा मुलुकहरुलाई रुसमाथि दबाब बढाउन आग्रह गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : २१ बजे

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ