‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो « Khabarhub

‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा यसैदिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ,अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । रामनवमीका अवसरमा काठमाडौंको बतिसपुतलीस्थित राममन्दिर लगायत देशभरका र राममन्दिरमा भक्तजनको घुइंचो लागेको थियो ।

रामनवमीका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ३७ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले