जगदिशको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो) « Khabarhub

जगदिशको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’ को भिडियो रिलीज भएको छ ।

प्रेमका रमाइला प्रसङ्ग तथा प्रेमिकालाई दिइएका आश्वासन समेटिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।

समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भए ता पनि यस प्रकारको गीतमा समेत उनको गायन कला उत्तिकै दमदार छ ।

गीतका संगीतकार पूर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द सृजनामा रहेको छ । दीपक एम सिंहको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन रहेको छ ।

नबिर्से तिमीलाई नपाए तिमीलाई, उनको प्रिति हिले हो कि मेरो प्रिति पहिले, आओ यादहरु हो आओ, आधा उमेर निन्द्रामै बित्यो जस्ता अलटाईम हिट गीत गाएका समालले ‘डान्सिंग प्याटर्न’ का गीत बिरलै गाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : २६ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत