रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण « Khabarhub

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो ।

बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्रमा यो वर्ष करिब ४५.१ प्रतिशतले सङ्कुचित हुने र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूका कारण रुसको अर्थतन्त्र ११.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ । 

त्यस्तै बैंकले आर्थिक संकुचनको असर युरोप र मध्य एसियाली देशहरूका उदीयमान बजार र विकासशील देशहरूले भोग्ने समेत विश्व बैंकको पछिल्लो आर्थिक प्रक्षेपणले जनाएको छ।  विश्व बैंकले रुसी आक्रमणका कारण पूर्वी युरोप र मध्य एसियामा कोभिड महामारीले भन्दा बढी आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेको छ । 

युक्रेनका अधिकांश मानिसहरू युद्ध मैदानमा खटिएको वा शरणार्थी भई विदेश पलायन भएका कारण आर्थिक गतिविधिमा कमी आएको विश्व बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रक्षेपणले मध्य एशियाली देशहरूको रेमिट्यान्समा समेत युद्धका कारण धेरै असर पार्ने जनाएको छ ।

युद्धले विश्वव्यापी मन्दी ल्याउने, मुद्रास्फीति र ऋण बढाउने तथा गरिबी बढाउँने चिन्तालाई थपेको विश्व बैंकले जनाएको छ। बैंकले युद्धका कारण वित्तीय बजार, व्यापार, आप्रवासन र बजारको आत्मविश्वासमा प्रतिकूल प्रभाव पारिरहेकाले संसारभरको आर्थिक वृद्धिदरमा असर पार्नसक्ने चेतावनी पनि दिएको छ ।

युद्धले निम्त्याएको मानवीय सङ्कटको परिमाण भयावह रहेको र रुसी आक्रमणले युक्रेनको अर्थतन्त्र र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको  युरोप र मध्य एसिया क्षेत्रका लागि विश्व बैंककी उपाध्यक्ष अन्ना बियर्डले बताइन । युक्रेनको अर्थतन्त्रलाई निरन्तरता दिन तत्कालै ठूलो आर्थिक सहायता चाहिएको उनको भनाइ छ ।

बैंकले युक्रेनलाई हालसम्म १ अर्ब डलरको सहयोग गरेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब सहयोग गर्ने बीबीसीले जनाएको छ । कृष्ण सागरको तटमा रुसी बन्देजका कारण युक्रेनबाट हुने अन्न निर्यात ९० प्रतिशतले कमी आएको छ । 

युक्रेनले विश्वभरि निर्यात गर्ने सामाग्रीहरूको निर्यात रोकिएकाले खाद्यान्नको मूल्यवृद्धि हुने र आर्थिक वृद्धिदरमा असर पार्ने विज्ञप्तिमा जनाएको खाद्यान्नले युक्रेनको कूल निर्यातको झण्डै आधा हिस्सा ओगट्छ । विश्वको सबैभन्दा ठूलो सूर्यमुखी तेलको निर्यातकर्ता युक्रेनको निर्यात ठप्प जस्तै भएसँगै यसले विश्वभर खाद्यान्नको मूल्य पनि अकासिएको छ विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ४७ बजे

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च