फ्रान्समा नयाँ राष्ट्रपति बन्न म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुने « Khabarhub

फ्रान्समा नयाँ राष्ट्रपति बन्न म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोँ र दक्षिणपन्थी नेतृ मरी ले पेनबीच दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्‍वारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेद्‍वारबीच प्रतिस्पर्धा हुने प्रावधान अनुसार दोश्रो चरणमा म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दोश्रो चरणको मतदान अप्रिल २४ मा हुने फ्रान्स २४ टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि आइतबार भएको मतदानमा म्याक्रोँ २७ प्रतिशत मतका साथ विजयी भएका थिए । दोश्रो स्थानकी ले पेनले २३ प्रतिशत मत ल्याएको फ्रान्स २४ ले जनाएको छ ।

यसअघि सन् २०१७ मा भएको निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । सन् २०१७ को निर्वाचनको पहिलो चरणको मतदानमा माक्रोँले २४ प्रतिशत मत प्राप्त गरेका थिए भने ले पेनले २१ प्रतिशत मत पाएकी थिइन् ।

यी दुई बीच भएको दोश्रो चरणको प्रतिस्पर्धामा भने ६६ प्रतिशत मत ल्याउँदै म्याक्रोँ राष्ट्रपति चयन भएका थिए । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : २८ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो