मारिउपोलमा दशौँ हजार मारिएको जेलेन्स्कीको दाबी « Khabarhub

मारिउपोलमा दशौँ हजार मारिएको जेलेन्स्कीको दाबी


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी शहर मारिउपोलमा दशौँ हजार मारिएको हुनसक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

दक्षिण कोरियाली सांसदहरूसँग प्रत्यक्ष भिडियो लिंकमार्फत् वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘मारिउपोल ध्वस्त भएको छ, दशौँ हजारको मृत्यु भएको छ तर यसका बावजुद रुसीहरुले आक्रमणलाई रोकेका छैनन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि जेलेन्स्कीको दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । चौतर्फी घेराबन्दीमा रहेका कारण शहरभित्रबाट समाचार प्राप्त गर्न निकै कठिन रहेको बताइन्छ ।

शहरबाट भाग्न सफल केही शरणार्थीहरूले भने शहरमा शवहरू अव्यवस्थित चिहानमा गाडिएको, रुसी फौजमा सरिक चेचेन लडाकुहरूले लुटपाट मच्चाएको तथा शहरभरी भोकमरीको अवस्था रहेकोबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

मारिउपोल शहरमा रुसी फौजले बारम्बार आक्रमण गर्दै आएका छन् । रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको मारिउपोल रुसी सेनाको प्रमुख निशानामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी

मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क

कान्सास सिटी– डिफेन्डिङ विश्व विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मंगलबार

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी