भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार « Khabarhub

भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ ।

मेलाको पाँंचौ दिन सोमबारसम्म सो रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको उनको भनाइ छ ।

मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीका स्टल राखिएका छन् ।

‘फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।

भक्तपुर,काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा २४ चैतदेखि सुरु भएको मेला ४ वैशाखसम्म हुनेछ । जसमा दुई सयभन्दा बढी स्टल छन् । १० दिने मेलामा तीन लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ३५ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल