शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चयन « Khabarhub

शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चयन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम–एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

पाकिस्तानी संसद्‍मा भएको मतदानमा सामान्य बहुमत पुर्‍याएसँगै शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।

संसद्मा भएको मतदानमा शहबाजको पक्षमा १ सय ७४ मत खसेको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

प्रधानमन्त्री बन्न शरिफका साथै इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह महमुद कुरैशीले मनोनयन दर्ता गराएका थिए । यद्यपि प्रधानमन्त्री चयन प्रक्रियाअघि पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिँदै संसद् बैठक बहिष्कार गरेका थिए ।

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए । पाकिस्तानी राजनीतिमा निकै चर्चित नाम रहेपनि शहबाजलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  ।

तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा रहेको बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफका कान्छा भाइ शहबाजले इमरान खान नेतृत्वको सरकार ढाल्न नेतृत्व गरेका थिए ।

शहबाजको पाकिस्तानको शक्तिशाली एवम् आन्तरिक राजनीतिमा निकै प्रभावशाली मानिने सेनासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएको पाकिस्तानी सञ्चारमाध्यमहरु बताउँछन् । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

गत साता एक अन्तर्वार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । खानले आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् ।

सन् १९९९ मा पाकिस्तानमा परभेज मुशर्रफको नेतृत्वमा भएको सैनिक कू पछि शहबाजलाई साउदी अरब निर्वासनमा पठाइएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पीएलएम–एनको प्रमुख बनेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ५९ बजे

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका

साहित्यिकार डौलियाका २० कृति विमोचन

काठमाडौं – लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौं – थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी