एमालेको विजय यात्रामा कुनै गठबन्धन टिक्दैनः उपाध्यक्ष पौडेल « Khabarhub

एमालेको विजय यात्रामा कुनै गठबन्धन टिक्दैनः उपाध्यक्ष पौडेल


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको विजय यात्रालाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने दाबी गरेका छन् ।

बझाङको चैनपुरमा पार्टीको जिल्ला कमिटीले गरेको सभामा उपाध्यक्ष पौडेलले एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न नसक्ने बताएका हुन् ।
उनले गठबन्धनमा आबद्ध दलहरूसँग एक्लै चुनाव लड्ने हिम्मतसमेत नभएको बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमालेको सरकार बनेमा बझाङमा लाखका होइन अबौँका विकासका आयोजनाहरू आउने दाबी गरे ।

एमाले बाहेक अरु पार्टीको सरकारले लाख र करोडका आयोजना ल्याएका होलान तर, आफ्नो पार्टीको सरकारले अर्बौँको आयोजना ल्याउने उनको भनाइ छ ।

उनले देश विकासका लागि एमालेकै सरकार चाहिने पनि जिकिर गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ५१ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान