बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु | Khabarhub Khabarhub

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको होड शुरु भएको छ ।

सत्तारुढ दलको संसदीय नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले मेको भूमिका अब कामचलाउन प्रधानमन्त्रीमा मात्र सिमित हुने जनाइएको छ । मेको ठाउँमा आगामी महिनाको अन्त्यसम्म कन्जरभेटिभ पार्टी अर्को संसदीय दलको नेता चयन गर्ने छ ।

आगामी प्रधानमन्त्री बन्ने होडमा कन्जरभेटिभ पार्टीका ११ नेता छन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे मेले ल्याएको प्रस्ताव पटक– पटकसम्म असफल भएपछि उनले राजीनामा दिने यसअघि नै घोषणा गरिसकेकी थिइन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ५ : ०७ बजे

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज– आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। असोज २८

कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार

काठमाडौं– क्यानाडाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा बिहीबार अज्ञात समूहद्वारा

जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो

काठमाडौ– भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनको प्रभाव