बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु « Khabarhub

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको होड शुरु भएको छ ।

सत्तारुढ दलको संसदीय नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले मेको भूमिका अब कामचलाउन प्रधानमन्त्रीमा मात्र सिमित हुने जनाइएको छ । मेको ठाउँमा आगामी महिनाको अन्त्यसम्म कन्जरभेटिभ पार्टी अर्को संसदीय दलको नेता चयन गर्ने छ ।

आगामी प्रधानमन्त्री बन्ने होडमा कन्जरभेटिभ पार्टीका ११ नेता छन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे मेले ल्याएको प्रस्ताव पटक– पटकसम्म असफल भएपछि उनले राजीनामा दिने यसअघि नै घोषणा गरिसकेकी थिइन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ५ : ०७ बजे

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट