रक्तचापका कारण सहायक प्रहरी हवल्दारको मृत्यु « Khabarhub

रक्तचापका कारण सहायक प्रहरी हवल्दारको मृत्यु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ – जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापका कारण मृत्यु भएको छ ।

गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो ।

भौगोलिक विकटताले मनाङवासीलाई सामान्य उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति तथा सामग्री अभाव रहेको जनाइएको छ । समयमा सडक निर्माण गर्न नसक्नुका साथै सवारीसाधन समेतको अभावमा उपचारको पहुँचसम्म पुग्नसमेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : २५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका