श्रीलंकाले विदेशी ऋण नतिर्ने « Khabarhub

श्रीलंकाले विदेशी ऋण नतिर्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट र अत्यावश्यक सामानको अभाव खेपिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएअनुसार त्यहाँको अर्थमन्त्रालयले विदेशी ऋण तिर्न नसकिने जानकारी दिएको हो । अर्थमन्त्रालयले विदेशी सरकारसहितका ऋणदाताहरुले श्रीलंकाली रुपैयाँमा भुक्तानी स्वीकार गर्न सक्ने समेत जनाएको छ ।

‘ऋण तिर्न निकै चुनातिपूर्ण र असम्भव हुँदै गएको अवस्था छ ।’ श्रीलंकाली राष्ट्रबैंकका गभर्नर पी नन्दलाल विरसिंघेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले वाह्य ऋण तिर्न भन्दा पनि अत्यावश्यक वस्तुको आयातमा ध्यान दिनुपर्नेछ ।’ उनले भने ।

हाल श्रीलंकामा विदेशी मुद्राको चरम अभाव रहेको जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा मार्च महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिती १ अर्ब ९३ करोड डलर बराबर छ भने श्रीलंकाले यो वर्षमात्र ४ अर्ब ऋण तिर्नुपर्ने छ ।

श्रीलंकाले ऋण कार्यक्रमका विषयमा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफसँग आगामी साता छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ५१ बजे

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र