दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध « Khabarhub

दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्याँरोमा बस्न बाध्य भएका छन्।

जुम्लामा राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अध्याँरोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको  विद्युत प्राधिकरणले जनाएको छ ।

कालिकोटदेखि जुम्ला ११ केभिए राष्ट्रिय विद्युत प्रसारण लाइन जडान भएको  छ । तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले बिजुली आपूर्तिको समस्या जुम्लावासीले भोग्दै आएका छन् ।

३३ केभिएको लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले  विद्युत प्रसारण लाइन मर्मत जारी  रहेको बताए । यहाँ उत्पादित बिजुलीको क्षमताले सबै ठाउँमा धान्न सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले  बताए । उनका अनुसार दुल्लु कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले छोटो समयका लागि कोहलपुरबाटै बिजुली आएको छैन ।

त्यो त एकैछिनमा आउँछ । यस्तै, कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मंगलबार  बेलुकासम्म लाइन आउने उनले बताए  ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ४३ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न