आँधीका कारण फिलिपिन्समा २५ जनाको मृत्यु | Khabarhub Khabarhub

आँधीका कारण फिलिपिन्समा २५ जनाको मृत्यु


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको मेगी नामक आँधीबाट फिलिपिन्सको पूर्वी तटीय क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्धार टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

भीषण वर्षा र हावाले विद्युत आपूर्तिमा अवरोध पुर्‍यउनुका साथै घर तथा मैदान जलमग्न बनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिँडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरिएका छन् ।

बाढीपहिरोबाट लेटे प्रान्त सबैभन्दा बढी प्रभावित रहेको जनाइएको छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘म रोइरहेको थिए, किनकी त्यहाँ मैले चिनेका मानिसहरू पुरिएका छन् र हाम्रो घर छेउमा पनि पहाड रहेकाले मलाई डर लागेको थियो’, लेटेका एक स्थानीयले समाचार संस्था एएफपीलाई भने ।

लेटेमा २२ जनाबाहेक फिलिपिन्सको दक्षिणमा रहेको डभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ । 

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : २८ बजे

गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !

काठमाडौं – नेपालको केन्द्रीय बैंक गभर्नरविहीन भएको आज (मङ्गलबार) ३३

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा

चतरादेखि टेम्केमैयुङ जोड्दै मुन्दुम पदमार्ग, बराहक्षेत्रले थाल्यो पूर्वाधार निर्माण

काठमाडौं – स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित स्वीस सरकारको लागत

अर्थसंक्षेप : नीति तथा कार्यक्रमको चर्को आलोचना, सामान्य बढ्यो नेप्से र इराक-लेबनान आर्थिक-कूटनीतिक सहकार्यमा जोड

सामान्य अंकले बढ्यो नेप्से नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य

एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते

जनकपुरधाम– नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनस्थलमा दुई गुटका