उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो।

सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको अवस्थामा पनि सहयोगको निरन्तरताका लागि आग्रह गरे।

यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री बडुले नेपालको विकास प्राथमिकताअनुरुप विगतमा झैँ क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको र नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा विकासमा समेत क्यानाडा सरकारको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उनले व्यापार सहजीकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गरे।

छलफलमा महामहिम राजदूतले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि गर्न सकिने बताए ।

क्यानाडा सरकार तथा अन्य लगानीकर्तामार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतिमार्फत लगानीकर्तामा विश्वास सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : २६ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल