ट्राफिक प्रहरी कार्यालयका सहयोगी कर्मचारीलाई सम्मान « Khabarhub

ट्राफिक प्रहरी कार्यालयका सहयोगी कर्मचारीलाई सम्मान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ सहयोगी कर्मचारीलाई खादा लगाएर सम्मान गरिएको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले यो कार्यालय तथा मातहतमा कार्यरत ४२ कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिँदै खादा लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा एसएएसी जोशीले प्रहरी कर्मचारीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।

यस अवसरमा एसएसपी जोशीले आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप ईमान्दारी, क्रियाशील र समर्पित भई सेवा गर्न निर्देशनसमेत दिए ।

उनले नेपाल प्रहरीको श्रेणी विहीन पदमा रही लामो समयदेखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुँदा थप उत्प्रेरणा र मनोवल उच्च भएको पनि बताए ।

यस ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम, ११ जना चतुर्थ, १३ जना तृतीय, ८ जना द्वितीय र ४ जनालाई प्रथम स्तरमा स्तर निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ०१ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर