बायर्नलाई रोक्दै भिल्लारियलसँग सेमिफाइनलमा   « Khabarhub

बायर्नलाई रोक्दै भिल्लारियलसँग सेमिफाइनलमा  


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन महारथी क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरीमा रोकिएको छ।

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न प्रतियोगिताबाटै बाहिरिएको छ ।

रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई प्रतियोगितामा अघि बढाउने कोसिस गरे पनि  भिल्ला रियलका स्यामुअल चुक्केजेले बराबरी गोल फर्काएसँगै बायर्न स्तब्ध भएको हो।

पहिलो लेगको खेलमा भिल्ला रियलले घरेलु मैदानमा १–० को अग्रता लिएको थियो । स्पेनिस क्लब  भिल्लारियल समग्रमा २–१ को नतिजासहित सेमिफाइनल प्रवेश गर्‍यो ।

१६ वर्षमा पहिलो पटक भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको हो । अन्तिम चारको खेलमा उसले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ४२ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका