‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने « Khabarhub

‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’आगामी वैशाख २ गते सुरु हुने भएको छ ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए। प्रदर्शनी भने एक महिनासम्म चल्ने छ ।

प्रतिष्ठानले यसपटक अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट कलाकार काठमाडौँका कृष्ण मानन्धर र भक्तपुरका सूर्यबहादुर चित्रकारलाई सम्मानित गरिने भएको छ । उक्त सम्मानको राशि रु एक-क लाखको रहेको छ ।

ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ मा राखिएका कलाकृतिमध्ये विभिन्न विधाबाट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कार एवं प्रादेशिक पुरस्कार ३१ कलाकारलाई प्रदान गरिने जनाइएको छ । ती पुरस्कारको राशि क्रमशः रु ६० हजार र रु २५-२५ हजारको रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ५२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट