युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए (सूचीसहित) « Khabarhub

युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए (सूचीसहित)


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।

मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो संख्या युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको युक्रेनबाट प्रकाशित हुने समाचार पोर्टल एलबीले  जनाएको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यम विरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो  ।

रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएको बताइएको छ । युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् । 

युक्रेनको राष्ट्रिय पत्रकार संघका अनुसार युक्रेन युद्धमा हालसम्म मारिने पत्रकारको सूची

पिएर जाकरेवस्की, ओलेक्जान्ड्रा कुभ्सिनोभा, ओलेक्जाण्डर लिट्किन, पाभ्लो ली, शेरी पुश्चेन्को, येभेन सकुन, ब्रेन्ट रेनड, ओक्साना बौलिना, दिलेरबेक शकिरोभ, भिक्टोर डेडोभ, भिक्टोर डुडार, लिलिया हुमियानोभा, युरी ओलिनिक, ओलेह याकुनिन, म्याक्सिन लेभिन, मन्टास क्भेदाराभिसियस, शेरी जाइकोभ्स्की, डेनिस कोटेन्को, यभेन बाल र रोमन नेजिबोर्तेस

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ४७ बजे

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र