सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त « Khabarhub

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो ।

दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउनेछन् । केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण सोमबार अवकाश पाएका थिए । सरकारले समयमै आईजीपी नियुक्त गर्न नसक्दा आजसम्म सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको थियो ।

केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्नेछ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुनेछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : १४ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर