गण्डकी प्रदेश– घटनामा तीनको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेश– घटनामा तीनको मृत्यु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ८ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का