कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो « Khabarhub

कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कङ्गोमा विद्रोहोले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका नेपाली सैनिक प्युठ अनिल गुरुङको शवलाई काठमाडौंबाट सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगिएको छ । नेपाली शान्ति सैनिक प्युठ गुरुङको पार्थिव शरिरलाई अहिले उनको जन्मथलो लगिएको हो।

हिजो काठमाडौँ आइपुगेको उनको शवलाई आज बिहान काठमाडौँको छाउनीमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानसेनापति र राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड हवार्डले श्रद्धाञ्जली दिएका हुन्।

नेपाली सेनाको झण्डा र राष्ट्र संघको झण्डा ओढाइएको शवलाई सेनाको टुकडीले अन्तिम सम्मान अर्पण गरेको हो ।

त्यस्तै परिवारजनले श्रद्धाञ्जली व्यक्त गरेपछि सेनाको स्थानीय टुकडीले उनलाई अन्तिम सलामी अर्पण गर्ने बताइएको छ । उनको गत मंगलबार निधन भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : २२ बजे

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत