लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी विशेष कार्यक्रम गरी मनाइँदै « Khabarhub

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी विशेष कार्यक्रम गरी मनाइँदै


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ ।

वि.सं. १९७९ साल वैशाख १ गतेबाट सुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रूपमा एक सय वर्ष पूरा भएको अवसरमा भोलि भने विशेष कार्यक्रम हुने भएको छ ।

बुधबारदेखि शुक्रबारसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गत सबै भूमिसुधार/मालपोत कार्यालयहरू र नापी कार्यालयहरूमा विविध कार्यक्रम गरिँदै छ ।

कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्य विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुुसहरबस्तीबाट लालपुर्जा वितरणको काम सुरु गरिएको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले नयाँ वर्षका दिन मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भएअनुसार नागरिकको हक प्राप्तिको अभियान सफल हुने विश्वाससमेत व्यक्त गरिन् ।

शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : २५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ