फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय « Khabarhub

फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ ।

स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ ।

दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको अध्यक्ष रहँदा ब्लाटरले प्लाटिनीलाई २० लाख डलर घुस दिएको बताइएको छ । यद्यपि दुवैले यस आरोपको खण्डन गर्दै आएका छन् ।

अभियोजकहरुका अनुसार ब्लाटरले सन् २०११ मा सल्लाहकार कम्पनीका लागि भन्दै २० लाख डलर अनियमित रुपमा प्लाटिनीलाई दिएका थिए । दुबैले ढिला भई आएको तलबको मात्र भुक्तानी भएको बताउने गरेका छन् ।

यो भ्रष्टाचार प्रकरण फिफाको इतिहासमै सबैभन्दा ठूलो रहेको इएसपीएनले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : १६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका