रूपन्देही ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा | Khabarhub Khabarhub

रूपन्देही ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूपन्देही ११ प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुश स्पोर्टस क्लब दिल्लीसँग ४ विकेटले पराजित भएपनि उच्च रनरेटका आधारमा रूपन्देही सेमिफाइनलमा प्रवेश गरेको हो ।

समुह एको उपविजेता बन्दै रूपन्देही सेमिफाइनलमा पुगेको हो । यता पुश क्लब दिल्ली भने समुह चरण मै रोकियो ।

टस जितेर ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा १ सय ३ रन बनायो । रूपन्देहीका लागि विशाल विक्रम केसीले २९ रन र बसिर अहमदले २८ रन जोडे ।

रुपन्देहीलाई उच्च योगफल बनाउनबाट रोक्न पुश क्लबका स्पर्श, प्रणय प्रसाद, विशेष सारोह, मयंक गुप्ता र हर्षवर्द्धन फोगटले २–२ विकेट लिए ।

१ सय ६ रनको लक्ष्य दिल्लीले १८ ओभरमा ६ विकेट गुमाएर भेटायो । उसका लागि विशेष सरोहले २६ रन र मृगांक पाठकले १९ रन बनाए ।रूपन्देहीका लागि भने विशाल र बिक्रम भुसालले २–२ विकेट तथा रूपेश कुर्मी र बसिर अहमदले १ विकेट लिए । 

यससँगै प्रो क्लब क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा बिहीबार समुह ए को विजेता मलेसिया ११ र समुह बीको उपविजेता उत्तर प्रदेश ११ बिहान १० बजे आमने सामने हुनेछन् ।

दोस्रो सेमिफाइनलमा समुह बीको विजेता नेपाल आर्मी र समुह एको उपविजेता रूपन्देही ११ दिउँसो २ बजे भिड्नेछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ०८ बजे

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ

आजपनि बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँले

जापानिज इन्सेफलाइटिसबाट नवलपरासीमा चार जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट