माओवादीका वीरगञ्ज अध्यक्षसहित तीन जना निष्कासित « Khabarhub

माओवादीका वीरगञ्ज अध्यक्षसहित तीन जना निष्कासित


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।

रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।

पार्टीको कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरूले गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ०२ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला