काठमाडौं- कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले नहेर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले टिप्पणी गरेका छन् ।
डब्लूएचओका प्रमुख टेड्रोस अदानोम गेब्रियेससले युक्रेनलाई गरिएको सहयोगको सानो हिस्सामात्र विश्वका अन्य क्षेत्रमा जारी मानवीय संकटले पाउने बताए ।
बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वले काला र गोरा मानिसलाई उत्तिकै महत्वले हेर्छ भन्ने मलाई थाहा छैन ।’
‘विश्वमै प्रभाव पार्ने भएका कारण’ युक्रेनलाई सहयोग गर्नु ‘निकै महत्वपूर्ण’ रहेको उनको भनाइ छ । तर इथियोपियाको युद्धग्रस्त टिगरे प्रान्त, यमन, अफगानिस्तान वा सिरियाले यस्तो महत्व नपाएको उनले बताए ।
‘मैले निकै तीखो र इमान्दार भएर भन्नुपर्दा विश्वले मानव जातीलाई समान रुपमा व्यवहार गर्दैन । केही मानिसहरू अरुभन्दा धेरै समान छन् । र मलाई यो भन्दा पीडा हुन्छ । किनकी म यो सब देख्छु । स्वीकार गर्न धेरै गाह्रो भएपनि यो क्रम चलिरहेको छ ।’ उनले भने ।
प्रतिक्रिया