जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै | Khabarhub Khabarhub

जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् ।

३० वर्षीया माको पूर्व राजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि  र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।

उनी म्युजियमको एसियाली कला सङ्ग्रहालयमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्व राजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।

माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लेस्टर विश्वविद्यालयबाट कला सङ्ग्रहालय र ग्यालरी विषयमा स्नातकोत्तर गरेकी थिइन् ।

‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्व–मेट क्युरेटरले राजकुमारीको  कामको बारेमा भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ०४ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र