उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा | Khabarhub Khabarhub

उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ ।

अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए ।

यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याक भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो ।

सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्दै आएको छ ।

उत्तर कोरियाले गत महिनामात्रै चार वर्षपछि पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

क्रिप्टोकरेन्सीको निगरानी गर्दै आएको चेनएनलाइसिस नामक श्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार पछिल्ला केही वर्षयता लजारस ग्रुपले साइबर आक्रमणमार्फत अनुमानित १ अर्ब ७५ करोड बराबरको डिजिटल मुद्रा चोरी गरिसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ४२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको