अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरालयी प्रहरीबीच झडप « Khabarhub

अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरालयी प्रहरीबीच झडप


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको जेरुसलेम शहरस्थित अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा १५० जनाभन्दा धेरै घाइते भएका छन् । इजरायली प्रहरीले विज्ञप्ति जारी गर्दै सयौँ प्यालेष्टाइनीहरुले पटाका र ढुङ्गामुढा प्रहार गरेपछि बल प्रयोग गरेको जनाएको छ ।

घाइतेमध्ये अधिकांशलाई रबरको गोली लागेको जनाइएको छ । प्यालेष्टाइनीहरुले नजिकै रहेको पश्चिमी पर्खालमा रहेको यहुदीहरुले प्रार्थाना गर्ने स्थानमा पनि आक्रमण गरेको इजरायली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्यालेष्टाइनीहरुको भीडलाई तितरबितर पार्न र शान्ति कायम गर्न अल अक्सा मस्जिद परिसरमा प्रवेश गरेको इजरायली प्रहरीको भनाइ छ ।

रोयटर्सका अनुसार इजरायली प्रधानमन्त्री नफ्तालाई बेन्नेटका प्रवक्ताले झडपका क्रममा सयौँ प्यालेष्टाइनीलाई पक्राउ गरिएको समेत जनाएका छन् ।

पछिल्लो समय इजरायलमा प्यालेष्टाइनीद्वारा आतंककारी आक्रमणको लहर बढिरहेका बेला मुसलमानहरुको तेश्रो सबैभन्दा पवित्र स्थल अल अक्सा मस्जिदमा झडप भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ३१ बजे

अमेरिकामै ट्रम्पको विरोध : इरानमाथि गरिएको सैन्य आक्रमण ‘अवैध र असंवैधानिक’ 

वासिङ्टन– अमेरिकी सिनेटर एडवर्ड जे. मार्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथि

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि