निर्वाचन सारे मुलुक दुर्घटनामा फस्छ : प्रमुख आयुक्त थपलिया « Khabarhub

निर्वाचन सारे मुलुक दुर्घटनामा फस्छ : प्रमुख आयुक्त थपलिया


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचनलाई तलमाथि गरे मुलुक दुर्घटनामा फस्ने बताएका छन्।

प्रमुख आयुक्त थपलियाले शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा भने, ‘कुनै तरिकाले निर्वाचन सारिनु भनेको दुर्घटना निम्त्याउनु हो।’ सरकारले निर्वाचनको मिति तय गरिसकेकाले तर्क वितर्कको आवश्यकता नरहेको उनले बताए।

यो वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका लागि आव्हान गर्दै उनले तोकेको समयमा निर्वाचन हुनुपर्नेमा जोड दिए।

यसै वर्ष प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको पनि सुनाए।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : ५५ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम