२० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी « Khabarhub

२० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ छ ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, उनले भने । रुसले गत महिना युद्धमा आफ्ना १ हजार ३ सय ५१ सेना मारिएको र ३ हजार ८ सय २५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ०१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा