गीतमा सौगात र दीयाको हिमाली प्रेम (भिडियो) « Khabarhub

गीतमा सौगात र दीयाको हिमाली प्रेम (भिडियो)


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ ।

हिमाली भेगमा बसोबास गर्ने यी दुईको प्रेम कथा रहेको फिल्मको गीतमा हिमाली सुन्दरता पनि प्रस्तुत छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ।

यसमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ । वैशाख १६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउने छन् । गोर्खाको चुमनुब्री सामागाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्य कैद गरिएको छ। यसमा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : १४ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको