आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न अध्यक्ष नेपालको चेतावनी « Khabarhub

आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न अध्यक्ष नेपालको चेतावनी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए। अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईंमा पछारिएको दाबी गरे ।

उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे। त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए।

कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए। उनले ६ महिनाको अवधिमा राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे ।

त्यस्तै खनालले केपी ओली कै कारण पार्टी एकता जोगाउन नसकिएको बताए। कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ४९ बजे

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने