धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते « Khabarhub

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीन जना र अन्य पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। घाइते तीन जनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ४६ बजे

भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुर– सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीहरूको अवस्था

शेखर कोइरालाद्वारा कांग्रेसको अवस्थाबारे पदाधिकारी र जिल्ला सभापतिसँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर– भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी– सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव