अन्तरिक्षमा ६ महिना बिताएर ३ चिनियाँ अन्तरिक्ष यात्री पृथ्वी फर्के « Khabarhub

अन्तरिक्षमा ६ महिना बिताएर ३ चिनियाँ अन्तरिक्ष यात्री पृथ्वी फर्के


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको नयाँ अन्तरिक्ष स्टेसनमा छ महिना बिताएका तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार यो अन्तरिक्ष यात्रामा अहिलेसम्मकै सबैभन्दा लामो मिसनको सफलता हो ।

अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकाङ्क्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य चालित अन्तरिक्ष कार्यक्रममा अरबौँको बजेट राखेको छ ।

चीनले अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्ष अन्वेषणमा दशकौँको अनुभव छ ।

सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामीले पनि भूउपग्रह बनाउनेछौं ।’ भनेका थिए ।

यसका लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो ।

मानव अन्तरिक्ष उडानका लागि दशकौँ लागेपनि सन् २००३ मा अन्तरिक्ष यात्री याङ लिवेइ पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न सफल भएका थिए । 

प्रक्षेपण नजिकिँदै जाँदा, मिसन क्षमताको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । यद्यपि, चिनियाँ मिसनलाई भने निरन्तरता दिइयो ।

याङले शेन्झाउ–५ मा २१ घण्टे उडानका दौडान १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए । चीनले त्यसयता सातवटा अन्तरिक्ष मिसनहरू सञ्चालन गरेको गरेको छ । 

राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ ।

अन्तरिक्ष स्टेसन बाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । साथै राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालक दल सहित चन्द्र मिसन सुरु गर्नु रहेको बताएको छ ।

तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट लङ मार्च–५ वाई–२ ले सञ्चार उपग्रहहरू पृथ्वीको कक्षमा पठाउने मिसनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्र अभियानको काममा बाधा उत्पन्न भएको थियो ।

त्यसले गर्दा चाङए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गर्नुपरेको थियो ।

जनवरी २०१९ मा अर्को रोबोट चाङए–४, पहिलोपटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो ।  

त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झन्डा फहराउन चीन सफल भएको थियो । 

मानव रहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो । यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा सङ्कलन गरिएको चन्द्रमाको पहिलो नमूना हो ।

सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’ सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन् ।

अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेसनमा पुगेको जनाइएको छ । साथै यो अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दलको अन्तरिक्ष मिसन हो ।

राससबाट

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ०१ बजे

भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका

टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं– धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’मा अटायो संसद्‍का ६ दलको घोषणा पत्र

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार