विश्व इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प « Khabarhub

विश्व इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

आज सन् २०२२ को १८ अप्रिल ।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । त्यस्तै जिम्बाबेले बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सान फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प
सन् १९०६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो । भूकम्प र त्सपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो ।

सेन्ट पिटर निर्माण सुरु
सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहहरू मध्ये एक हो ।

अल्बर्ट आइन्सटाइनको मृत्यु
आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो । उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो । २० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान सिद्धान्तका रुपमा लिइन्छ । यही सिद्धान्तका कारण २०औँ तथा २१ औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ ।

जिम्बाबे स्वतन्त्र
सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : १७ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य