स्पानियोलसँग एट्लेटिको विजयी « Khabarhub

स्पानियोलसँग एट्लेटिको विजयी


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले स्पानियोललाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हराएको हो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे ।

५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुन: गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५७ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका