राजनीतिमा दलित समुदायको प्रतिनिधित्वको लागि ज्ञापनपत्र पेस | Khabarhub Khabarhub

राजनीतिमा दलित समुदायको प्रतिनिधित्वको लागि ज्ञापनपत्र पेस


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालले निर्वाचन आयोगलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व माग गर्दै अभियानका संयोजक खगेन्द्र सुनारलगायतको टोलीले आइतबार आयोगको कार्यालय कान्तिपथ पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा प्रमुख आयुक्त थपलियाले दलित समुदायको सार्थक सहभागिताका लागि राजनीतिक दलहरूलाई घचघच्याउनुपर्ने बताए ।

अभियानका संयोजक सुनारले राज्यका निर्णायक तहमा दलितको उचित प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

त्यसअघि रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले माग पत्रबारे जानकारी गराएको थियो ।

अभियानले राजनीतिक दलका नेताहरूलाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

आगामी निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, कुल उम्मेदवारमध्ये जनसंख्याको आधारमा १३ प्रतिशत उम्मेदवार दलित समुदायबाट बनाउने व्यवस्था गर्नुपर्नेलगायतका माग अभियानले अघि सारेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४८ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन