धनुषाका ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप ८ वैशाखदेखि लगाइने | Khabarhub Khabarhub

धनुषाका ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप ८ वैशाखदेखि लगाइने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषा जिल्लामा करिब ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

८ वैशाखदेखि १६ सम्म चल्ने खोप अभियानमा १८ वटै पालिकाका १५ महिनादेखि १५ वर्ष उमेरका २ लाख ९६ हजार ७ सय ७५ बालबालिकालाई खोप लगाइनेस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जुगलकिशोर यादवले टाइफाइडविरुद्धको खोप अभियानलाई सफल र प्रभावकारी बनाउन१ हजार ६१ वटा खोप केन्द्रको स्थापना गरिएको जानकारी दिए । सामुदायिक तथा संस्थागत विद्यालयसहित ७ सय ६२ वटा विद्यालयमा पनि खोप लगाइने उनले बताए ।

विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि खोप दिनेछ । खोप अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरिने छ ।

२ सय १५ वटा खोप टोलीसमेत परिचालन गरिने र १ सय ६८ जना स्थानीय सुपरभाइजर समेत खट्ने स्वास्थ्य कार्यालयका खोप अधिकृत राजदेव यादवले बताए । उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार धनुषामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

टाइफाइड दूषित पानी र बासी सडेगलेका खानेकुरा र फोहोर हात मुखमा जाँदा संक्रमण हुने रोग भएकोले सरसफाइमा बढी ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ५९ बजे

कोशी बास्केटबलको उपाधि सुनसरीलाई

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा