श्रीलंकाका अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै « Khabarhub

श्रीलंकाका अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ ।

‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौँ भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका डा. ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् ।  ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने ।

‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन्’, उनी भन्छन् । औषधिको आपूर्ति नभए त्यसले गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘यति त्यस्तो अवस्था आयो भने हामीले बिरामीको ज्यान जोगाउन सक्नेछैनौँ ।

श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । श्रीलंकाले करिब ८५ प्रतिशत चिकित्सा आपूर्ति आयात गर्दछ । तर, विदेशी मुद्रा सञ्चिति न्यून रहेकाले अत्यावश्यक औषधिहरू अहिले पाउन कठिन छ ।

एनेस्थेटिक्समा प्रयोग गरिने एट्राकुरियम दुई महिनाको मात्र स्टक बाँकी छ । अन्य औषधिको आपूर्ति पनि कमी भइरहेको छ ।

पेनकिलर फेन्टानिलको स्कट अव दुई हप्तामा सकिँदै छ । विभिन्न तीन प्रकारका एन्टिबायोटिकहरूको स्टक पहिल्यै सकिएको छ । प्रतिस्थापन गरेर अभाव व्यवस्थापन गरेको डा. विजेसुरिया बताउँछन् ।

फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।

चिकित्सकहरूले बारम्बार समस्या देखाए पनि सुरुमा श्रीलंकाको सरकारले एक विज्ञप्ति निकालेर नै औषधिहरू सकिएको अस्वीकार ग‍र्‍यो । एक दिनपछि सरकारी सूचना विभागले त्यसलाई सच्याउँदै केही औषधि र उपकरणको अभाव भएको स्वीकार गरेको थियो ।

बीबीसीका अनुसार देशभरका अस्पतालहरूलाई जीवन बचाउने औषधि र उपकरणहरूको आवश्यकता छ । आपूर्तिको कमीले उनीहरूलाई गैर–अत्यावश्यक कार्यहरू स्थगित गर्न र  केही उपकरणहरू पुनः प्रयोग गर्न बाध्य पारेको मेडिकल कर्मचारीहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : १६ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित