इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयन आजदेखि  | Khabarhub Khabarhub

इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयन आजदेखि 


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ ।

‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने ।’

अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।

तर बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्यनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौती गर्ने निर्णय गरेको थियो ।

‘छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने,’अर्थले भनेको छ, ‘यो कटौती हाललाई २०७९ असार मसान्तसम्म लागु हुनेछ ।’

यो निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरु, सवै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : २७ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी